Bisal Chautari Logo

‘चि मुसी चि’ नायिका अलिशाको हट नृत्यले तात्यो नारायणगढ

- ३१ असार २०७५, आईतवार ०९:४१ मा प्रकाशित


chi mushi chi nepali movie Alisha Sharma dance
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ ३१, आइतबार । नायिका अलिशा शर्माको हट नृत्यले नारायणगढ तातेको छ । शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी हजारौँ दर्शकलाई अलिशाको नृत्यले गर्मी बनाएको थियो ।
चलचित्र प्रचारको लागि देश दौडाहामा निस्किएको ‘चि मुसी चि’ टीमले पूर्वी नेपालका केहि शहरहरुमा कन्सर्ट सम्पन्न गरी शनिवार चितवन पुगेको थियो । चितवनको कन्सर्टमा मूख्य आकर्षण अलिशाको नृत्य थियो । चलचित्रमा समावेश चार गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा र सुसान्त कार्कीको बेजोड नृत्य रहेको थियो भने चलचित्रमा समावेश नभएका अन्य केहि गीतमा सुनिल र अलिशाले तहल्का मच्चाएका थिए । अलिशाको गृहनगर चितवनमा भएको उक्त कन्सर्टमा उनले आफुलाई हट अवतारमा प्रस्तुत गरेकी थिइन् ।
‘डान्स इन्डिया डान्स सिजन ४’बाट वाहवाहि बटुलेका सुनिल र एमटिभी स्प्लिटभिल्लामा सहभागि अलिशाको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो ।
चलचित्र टीमले देशैभर प्रमोशनल कन्सर्ट गरिरहेको निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ सहित बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा चलचित्रले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।
यो चलचित्र श्रावण ११ गते देशैभर रिलीज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादक भूपेन्द्र अधिकारी हुन् ।

प्रतिक्रिया