Bisal Chautari Logo

१ हप्तामै १० लाख बढीले हेरे पल र बुगीबुगी बिजेता कबिताको पहिलो म्युजिक भिडियो

- ५ आश्विन २०७५, शुक्रबार १२:४८ मा प्रकाशित


Raaz Khambu song FT. Kabita Nepali and Paul Shah 1m+ views
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, ५ शुक्रबार । गायक राज खम्बुको ‘यही त होला माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको एक हप्तामै १० लाख बढीले युट्युवमा हेरिएको छ । साथै अहिलेपनि युट्युव ट्रेन्डिङ १७ मा रहेको छ । समाचार बनाइरहदाको समयसम्म युट्युवमा १० लाख ९७ हजार बढीले हेरेका छन् ।

भिडियो हेर्नुहोस :-


केही महिना अगाडी सम्पन्न भएको बुगीवगीका बिजेता कबिता नेपाली र चर्चित अभिनेता पल शाह फिचरिङ पहिलो म्युजिक भिडियोको कमेन्टमा पल शाह र कविताको जोडीलाई दर्शकले मनपराएका छन् । यस जोडीलाई चलचित्रको पर्दामा संगै हेर्न चाहेको युट्युव कमेन्टमा धेरैले लेखेका छन् । बुगीवगीको बिजेता बनेपछि कबिताको यो पहिलो म्युजिक भिडियो हो ।
‘यही त होला माया’ बोलको गीतको चर्चा बढेसंगै कबिता म्युजिक भिडियोमा ब्यास्त बनिरहेकी छिन् ।
सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको एरेञ्ज प्रदिप श्रेयठले गरेका हुन्, भने मिक्सिङ किश्वर थापाको रहेको छ । डान्सिङ जनरामा बनेको म्युजिक भिडियोमा कविता नेपालीको एक फ्यानको भुमिकामा चर्चित अभिनेता पल शाहलाई देख्न सकिन्छ । म्युजिक भिडियोमा अभिनेता पल शाह र कबिताको जोडी जमेको छ । पल र कबिताको जोडीलाई भिडियोमा उतार्ने काम भने चर्चित भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाहले गरेका छन् । पहिलो म्युजिक भिडियो भएपनि कबिताको काम उत्कृष्ट देखिएको छ । म्युजिक भिडियोमा पल र कबिताको रामान्स सहितको डान्स देख्न सकिन्छ ।
विशाल चौतारी मिडिया प्रा.लीको युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा प्रशान्त तमाङको कोरियोग्राफी रहेको छ, भने राम कुमार केसीको सिनेमाटोग्राफी रहेको छ । भिडियोको सम्पादन भने निर्देशक स्वयम टेकेन्द्रले गरेका हुन् ।
गायक राज खम्बुको यो गीत ‘मत तिम्रो’ एल्बममा समावेश रहनेछ । गायक खम्बुको पहिलो एल्बम १० वर्ष अगाडी ‘चिनो’ बजारमा आएको थियो । दोस्रो एल्बम ‘मत तिम्रो’को प्रस्तुतकर्ता स्वर्गीय अन्सु राई हुन् । दोस्रो एल्बमको बारेमा बोल्दै गायक राज खम्बुले भने ‘ मेरो दोस्रो एल्बम जुनमा रिलिज हुन लागेको थियो, तर मेरो श्रीमती बित्नुभएको कारणले रिलिज हुन सकेन । अब यो एल्बम मेरो श्रीमतीको वार्षिकिमा रिरिज हुदैछ’, गायक राज खम्बुले बताए ।

प्रतिक्रिया