Bisal Chautari Logo

अक्षय कुमारको “केसरी”को तिन दिने कमाई ९० करोडभन्दा बढी

- ११ चैत्र २०७५, सोमबार ०६:३४ मा प्रकाशित


AKSHAY KUMAR KESARI MOVIE

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत ११ सोमवार ।
अक्षय कुमारको फिल्म केसरी होलीको मौकामा रिलिज भयो । पहिलै दिन उक्त चलचित्रले धमाका पिट्यो ।

हप्तान्तसम्म आउँदा यसले ५० करोड अर्थात् नेपाली ९० करोडभन्दा बढी कमाएको छ । भारतको सारागढी लडाईंमाथि बनेको फिल्मले दर्शकलाई तानिरहेको छ ।

फिल्मले पहिलो दिन भारतमा मात्रै ३३ करोड भन्दा बढी कलेक्सन गरेको थियो । दोस्रो दिन २७ करोडभन्दा बढी र विहीबार र शुक्रबार गरि ५६ करोडभन्दा बढी कलेक्सन गरेको बताइएको छ ।

कार्तिक र बिजनेश विश्लेसक तरण आदर्शका अनुसार आइतबारसम्म फिल्मले १ अर्ब २८ करोडभन्दा बढी कमाउनेछ ।

केसरीको निर्देशन अनुराग सिंहले गरेका छन् । अभिषेकले फिल्म रकीब, दिल बोले हडिप्पा र कई पञ्जाबी फिल्महरु निर्देशन गरेका छन् ।

केसरीमा पनि उनको निर्देशनको चौतर्फी प्रशंसा भइरहेको छ । यो फिल्म सारागढीमा भएको ऐतिहासिक युद्धको सत्य घटनामा आधारित छ । यसमा अक्षय कुमार वीर बहादुर हवलदार ईशर सि‌ंहको भूमिकामा देखिएका छन् । ईशर सिंह ३६ सिख रेजिमेन्टको २१ जना मानिसको टुकडीको कमाण्डर थिए ।

सारागणी अहिले पाकिस्तानको वजिरिस्तानमा पर्छ । त्यहाँ १८९७ मा युद्ध लडिएको थियो । त्यतिबेला २१ बहादुर सिख जवानले १० हजार अफगान सैनिकलाई हराएको भारतीयहरु विश्वास गर्छन् ।

प्रतिक्रिया