Bisal Chautari Logo

सुरु भयो चलचित्र ‘चालबाज’को छायांकन

- २० मंसिर २०७६, शुक्रबार १७:२२ मा प्रकाशित


nepali movie chalbaja
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर २० शुक्रवार ।
चलचित्र ‘चालबाज’को छायांकन घोषणा गरिएको छ । यो चलचित्रको छायांकन भोलीबाट दार्जि्लिङबाट सुरु हुनेछ । मिरिकमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा यो चलचित्रको निर्माण हुन लागेको हो ।
अरुण तामाङको लगानीमा बन्न लागेको यो चलचित्रलाई कैलाश राइले निर्देशन
गर्दैछन् । यो चलचित्रमा नायिका केकी अधिकारी, कलाकार वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ ।
यी कलाकारको साथमा चलचित्रमा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ ।
चलचित्रमा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य
निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहनेछ । चलचित्रका प्रोडक्शन म्यानेजर सुदिप ढकाल हुन् ।
यो चलचित्रलाई सस्पेन्स लभ स्टोरी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया