Bisal Chautari Logo

‘डबल सी’ जुसको ब्राण्ड एम्बासडर बने दयाहाङ र वर्षा

- २२ मंसिर २०७६, आईतवार ०९:५६ मा प्रकाशित


‘Double C’ Press Release _ Dayahang Rai and Barsha Siwakoti
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर २२ आइतवार ।
अभिनेता दयाहाङ र वर्षा सिवाकोटी ‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर बनेका छन् । दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग रहनु पर्ने बताएका छन् ।

आफु पनि कामको व्यस्तताले दैनिकमा स्वास्थ्य रहन अपाउनु पर्ने केहि सजगता बाध्यताका कारण अपनाउन नसकेको बताए । ’हामीलाई थाहा छ यस्तो गर्नु पर्छ भन्ने तर हामीले त्यसलाई लागु गर्न सकिरहेका छैनौ’ उनले भने । हालै ’डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर समेत बनेका दयाले स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहेको बताए ।

’हामीले कार्य व्यस्तताले गर्दा शरिरलाई चाहिने भिटामिन सी पाइरहेका हुदैनौ , जसलाई केहि हदसम्म यसले पुरा गर्नेछ’ उनले भने ,’यसको टेस्ट पनि राम्रो त्यसैले अन्य ड्रिंक्सको सट्टा यसलाई प्रयोग गर्दा स्वास्थ्यलाई पनि मदत गर्छ ।’ उनले आफु यसमा सहभागी हुनु अगाडी सम्पूर्ण कुरा बुझेको समेत बताए । ’मैले यसको मापदण्ड र अन्य सबै फाइदा तथा बेफाइदाको बारेमा बुझेर मात्र ब्राण्ड एम्बासडर बन्ने सहमति दिएको हुँ’ उनले भने । दयासंगै यसको ब्राण्ड प्रवर्धनमा अभिनेत्री वर्षा सिवाकोटीले पनि सघाउने छिन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको प्रोडक्टको बारेमा बोल्दै उनले पनि दयाकै केहि शब्द सापटी लिईन् । ’यसलाई दैनिक रुपमा प्रयोग गर्ने हो भने ड्रिंक्सको काम त गर्छ नै साथै हाम्रो हेल्थलाई पनि सपोर्ट गरिरहेको हुन्छ’ उनले भनिन् । उनले काम औषधिको झैँ गरेता पनि टेस्ट अन्य ड्रिंक्स झैँ भएकाले सबैलाई मन पर्ने विश्वास व्यक्त गरिन् । यो जुसलाई सम्पूर्ण परिक्षण पश्चात नेपाल भित्र्याएको उक्त अवसरमा जानकारी गराइयो । थाइल्याण्डमा निकै रुचाइएको यो जुस सोमबारबाट बजारमा उपलब्ध हुनेछ । लेमन एण्ड लाइम र ओरेञ्ज एण्ड लेमन फ्लेभरमा बजारमा उपलब्ध हुने यो भिटामिन जुसको मुल्य एक सय रुपैयाँ रहेको छ । आयोजित कार्यक्रममा दया र वर्षाले जुसको लोकार्पण समेत गरे । कार्यक्रममै उपस्थित निर्देशक तथा निर्माता मिलन चाम्सले यो जुस नेपालमा आउनु सुखद रहेको बताए । ’यहाँ एउटा यस्तो जुसको आवश्यकता नै थियो जसले जुसको काम त गरोस नै साथै शरीरलाई फाइदा पनि गरोस’ उनले भने ,’मैले आफैले पनि केहि दिन यता यसको सेवन नियमित रुपमा गरिरहेको छु , फाइदाजनकनै छ ।’ यसलाई रोविनेश इम्पोर्ट एक्सपोर्टले नेपाल भित्र्याएको हो । यस टिममा सुरेश राई , राजकुमार राई , रोविन राई , रमेश लामा , निश्चल लामा , रोमन राई रहेका छन् । प्रतिरक्षा प्रणाली बलियो बनाउने , रक्तचाप नियन्त्रणमा सहयोग गर्ने , फ्याट बढ्न नदिने , क्यान्सर रोगको सम्भावना कम गर्ने लगायतका स्वास्थ्यमा यसले सहयोग गर्छ । ’यसले प्रत्यक्ष रुपमा स्वास्थ्यमा फाइदा पुर्याउने भएकोले नै हामीले यसलाई नेपाल ल्याएका हौ’ जुसलाई नेपाल भित्र्याउने टिमका एक सदस्य राजकुमार राईले बताए । उनिसंगै रमेश लामाले पहिला आफुहरुले नै ट्राई गरेर बजार ल्याउन लगिएको बताए । ’हामीमै परिक्षण गर्दा पनि यसले फाइदा दियो त्यसैले थाईल्याण्डमा सबै भन्दा बढी बिक्री हुने यो जुसलाइ नेपाल ल्याएका हौ’ उनले भने ,’हामीले यसलाई क्यान , प्लास्टिकमा नभई सिसीकै बोटलमा ल्याएका छौ किनकी यसले भिटामिन नष्ट गर्दैन ।’ सोमबारबाट बजारमा उपलब्ध हुने ’डबल सी’ जसलाई दया र वर्षाले विभिन्न मध्यमबाट प्रवर्धन गर्नेछन् ।

प्रतिक्रिया