Bisal Chautari Logo

पल पूजाको घरको वरिपरी || ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक (भिडियो)

- २६ मंसिर २०७६, बिहीबार १६:१८ मा प्रकाशित


Paul Shah and Pooja Sharma Ma Yesto Geet Gauchhu 2
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर २६ बिहिबार ।
लभ–स्टोरी चलचित्रमा सफल मानिएका निर्देशक सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।

गीतको भिडियोमा फिल्म मुख्य पात्र अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहलाई फिचरिङ गरिएको छ । पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु’मा जस्तै संगीतकार अर्जुन पोखरेल र निर्देशक सुर्दशन थापाको टिमअप यसमा पनि गज्जबको देखिएको छ । यो गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ । भिडियोलाई लोकेशन, कलाकारको ड्रेसअप र रामजीको कोरियोग्राफीले उत्कृष्ट बनाएका छन् ।

शिवम अधिकारी र दिनेश न्यौपाने मिलेर लेखेको यो फिल्ममा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको फिल्ममा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रिच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर फिल्मको वितरण गर्नेछ । सांगीतिक प्रेम कथामा तयार भएको यो चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन् । फिल्मको स्थानिय व्यवस्थापकको रुपमा केवल तामाङ र हरि गुरुङ छन् ।
प्रेम कथामा बन्ने फिल्मको निर्देशनमा अग्रपंक्तिमा निर्देशक सुदर्शन थापाको नाम आउँछ । ‘मेरो एउटा साथी छ देखि प्रेम गीत हुँदै म यस्तो गीत गाउँछु’ सम्म आइपुग्दा थापाले आफूलाई लभ स्टोरी फिल्ममा प्रमाणित पनि गरिसकेका छन् । सुदर्शनको फिल्मको अर्को विशेषता भनेको गीत संगीत पनि हो । गीत संगीतको छनोटमा सुदर्शन माहिर छन् ।

प्रतिक्रिया