‘बाँध मायाले’को नयाँ पोस्टर रिलिज || आर्यन र सृष्टिको गहिरो माया देखियो

bandha-mayale movie new poster 
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, १ सोमबार । अभितेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म बाँध मायाले को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोस्टरमा आर्यन र सृष्टि निकै रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । उनीहरु एक अर्काको मायामा लिन भएका देखिन्छन् ।
बाँध मायाले को पोस्टर टौवा क्रियशनका लागि शान थापाले पिडजाइन गरेका हुन् । सार्वजनिक पोस्टरबाट बाँध मायाले पूर्ण रुपमा लभ स्टोरी फिल्म हो भन्ने अनुमान गर्न सकिन्छ । सविर श्रेष्ठ निर्देशित फिल्ममा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकार राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।
प्रदर्शन मिति नजिकिएसँगै बाँध मायाले आफ्नो प्रचारलाई तिव्रता दिएको छ । यतिबेला फिल्म युनिट कलेज क्याम्पियनदेखि मिडिया अन्र्तक्रियामा व्यस्त छ । फिल्म असोज ५ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।
रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् । महेन्द्र अधिकारी फिल्मका सह निर्माता हुन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा बाबु श्रेष्ठको छायाँकन छ ।