मुन्धुम धर्ममा मृत्यु संस्कार

‘किरात संस्कृतिको मुन्धुम धर्मले कहिल्यै पनि स्वर्ग र नर्कको परिकल्पना गरेको पाईदैन मरे  पछि उ कित राम्रो बाटोमा जान्छ पितृको लाईनमा बस्छ कि त उ राङगाली अर्थात सिायाको बाटोमा जान्छ’

भिम राई [ bhim-rai ]

bhim-raiहामी किराती हौ । हामी राइर्, लिम्बु हौ । हामी सुनुवार थारु र धिमाल हौ । समग्रमा किरात हौ सबैमा किरात हौ । हाम्रो आफ्नै भाषाहरु छन् । हाम्रो आफ्नै संस्कार संस्कृतिहरु छन् । हाम्रो सभ्यताको शुरुवात देखीनै हामी प्रकृति पुजक हौ । हामीहरु भुमिको पुजा गर्ने, खोलाको पुजा गर्ने , भिर, पाखा, जल, जंगलका पुजा गर्ने हामी । कर्ममा विस्वास गर्ने समुदायका प्रतिनिधित्व गर्छौ । हामीलाई हाम्रो पुर्खाहरुले भस्मे फााडेको इतिहास सुनाईएको छ । शिकार खेलेको कथा भनिएको छ । खोलामा माछा मारेका कथाहरु प्रशस्त सुनेका छौ । त्यसैले हामी शिकारीको पुजा गर्छौ । माछाकोम्माको आराधाना गर्छौ । मृत्युपछि न स्वर्ग हुन्छ न नर्क हुन्छ ? हामी यहि प्रकृतिको वरीपरि हुन्छौ । हाम्रो आत्मा उहि चिनो चौतारीमा डुल्ने घुम्ने गर्छ भन्ने कुरामा हामी विस्वास गर्छौ । मृत्य पछि हामीलाई देखाईने बाटाहरुले यो कुराको पुष्टि गर्दछ । मृत्यु पछि उसलाई लगाईने बाटो डुलाउदै बोलाउदै पुर्‍याइने बलम देल ( मृत्युपछि पुर्खाहरुसाग भेटघाट गर्ने गाउा ) हाम्रो अन्तिम लक्ष्य हुने छ ।
मरेपछि स्वाभाविक मृत्युको एउटा बाटो र अस्वाभाविक मृत्युको अर्को बाटो हुुनु किरात संस्कृतिको महत्वपुर्ण आधार हो । अरु कुनैपनि धर्मशास्त्रले मरेपछि स्वर्गको परिकल्पना गर्दछ तर किरात संस्कृतिको मुन्धुम धर्मले कहिल्यै पनि स्वर्ग र नर्कको परिकल्पना गरेको पाईदैन मरे पछि उ कित राम्रो बाटोमा जान्छ पितृको लाईनमा बस्छ कि त उ राङगाली अर्थात सिायाको बाटोमा जान्छ । यि नै हुन हाल सम्म चलि आएको मान्यता । राम्रो या नराम्रो बाटो जानेलाई दुवैलाई चुलामा ल्याउने र उनिहरुलाई सम्मान गर्दै आफुले उपार्जन गरेका सम्पुर्ण अन्न तथा फलफुल चढाउने कार्य मुन्धुम धर्मको विशेषता हो । फरक यसमानेमा छ जब राम्रो बाटोमा गएका छन् । उनिहरु सम्मानका साथ रहन्छन । उनिहरुको सुध्याई गर्दा समेत मुलदेवा लगायतका वृद्धा पुर्खाहरुले उनको बाटो तय गर्दै नरनाता इष्ट मित्रले ल्याएका कोशेलीहरु चुलामा मार्फत दिने गरिन्छ र आशिरबात मागिन्छ । दुख पिर नमान्न भनिन्छ । छोरा छोरी शाखा सन्तानको भाग्य भविष्यको चिन्ता नगर्न आग्रह गर्दै सन्तोष गर्न भनिन्छ । भविष्यमा पनि बेला बेलामा सम्झेर यसरीनै दिईराख्ने चढाई राख्नेकुरा गरिन्छ । तर नराम्रो बाटोमा लागेकाहरुलाई भने यस्तो कृयाकलापमा निकै आलोचना गरिन्छ । उसका लागि सुध्याई गर्न बिजुवा धामीको साहारा लिईन्छ । आगनमा ढोल छाादेर उस्को मृत्यु यात्राको वर्णन गरिन्छ । उस्लाई बोलाईन्छ खानदाना दिने भनेर लोभ्याईन्छ । आउन हार गुहार गरेर बोलाईन्छ । विभिन्न परिकारहरु पकाएर अनेकन कुराहरु राखेर उस्का मनपरेका वस्तुहरु देखाएर बोलाईन्छ । अन्तिममा उस्को आत्म आएपछि के किन कसरी यो घटनामा गईस नराम्रोबाटोमा जाननहुने थियो किन गईस भन्दै सोधिन्छ । अन्त्यमा धामीले उस्को आत्मको खराब पक्ष ( जसलाई सिया भनिन्छ ) लाई वध गर्छ । र बाटो थुन्दै छेक्दै जाने गर्छ । फेरी फेरी यस्तो कृयाकलाप नदोहोरियोस भन्नाको खातिर नराम्रोबाटोमा अरु शाखा सन्तानले जान नपरोस भन्दै बाटो थुन छेक गरिन्छ । अन्त्यमा मृत्युपछिको सम्झनाका लागि नराम्रोबाटोमा गएको भएपनि पिता पुर्खाको लाईनमा होईना अर्को लाईनमा राखेर तिमिलाई सम्झने छौ भन्दै विदा गरिन्छ । यि माथीको कार्यहरु किराति मुन्धम धर्मको मृत्यु संस्कारमा अवलम्बन गरिने विधि र प्रकृया हुन जुन अन्य धर्म संस्कृतिको मुल्य र मान्यता भन्दा पृथक छ ।
मैले चर्चा गर्न खोजेको विषय किराती संस्कृतिमा मुन्धुम धर्मको कुरा हो । इलामको सदरमुकाममा भएको छलफल तथा बहसमा केही यस्ता विषय र प्रसाग उठेका छन । मुन्धुम पत्रकारिता साग जोडिएको विषयमा किरात राई पत्रकार संघको अगुवाईमा भईरहेको मुन्धुम पत्रकारिताको जगहरु खोज्न जरुरी हुन्छ । आफु र अरुको बिचमा फरक छ भनेर हामीले चिनाउन र फरक भएकैले हामीले नया अभियान संचालन गर्न जरुरी रहेकाले यस्तो बेला किन मुन्धुम पत्रकारिताको आवश्यकता छ । भन्ने विषय उठान गर्न भन्दा त्यसको आधार भमिका बारेमा केही ज्ञान आर्जन गर्नु नै जरुरी रहेकाले यो विषयको उठान गरिएको हो।
मृत्यु स्वभाविक प्रकृया हो यो अवश्यम्भावि छ । भन्ने कुरा मुन्धुम धर्मले स्विाकारेको छ । फरक सामायिक मृत्य र असामयिक मृत्युमा मात्र देखिन्छ । अन्य धर्मले मृत्युका बारेमा सामयिक र असामयिक भन्ने गरेपनि मरेपछिको कुरामा स्वर्ग नर्कको परिकल्पना गरेको भएपनि कसैलाई पनि मृत्युपछि नर्कमा पठाउने कार्य हुादैन । मृत्यु स्वाभाविक भएको भएपनि आकस्मिक भएपनि एउटै विधि र शास्त्रले मृत आत्मलाई बाटो लगाउने कार्य अन्य धर्म शास्त्रले गर्दछन । तर मृत्युको अवस्था तथा प्रकृति हेरेर उस्ले आगामी दिनमा गर्ने र उस्ले पाउने सम्मानको निर्धारण गर्ने हाम्रो मुन्धुम धर्मको विशेषता के पृथक छैन र ?