Bisal Chautari Logo

आकाशकी ‘ड्रिम गर्ल’ संग रोमान्स || हट अवतारमा आश्मा (भिडियो हेर्नुहोस्)

- २४ जेष्ठ २०७५, बिहीबार ११:११ मा प्रकाशित


aakash shrestha and aashma giri dream girl nepali movie 2018
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ २४, बिहिबार । अभिनेता आकाश श्रेष्ठ र नव अभिनेत्री आश्मा गिरीको चलचित्र ‘ड्रिम गर्ल’को गीत सार्वजनिक गरिएको छ । असोज १९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘ड्रिम गर्ल’ को रोमान्टिक गीतमा आकाशले आस्मासंग रोमान्स गरेका छन् ।
रारा तालसागै थाइल्याण्डको समुन्द्र आसपास खिचिएको ‘तिम्रो मायामा’ बोलको गीतले प्रेमभाव झल्काउन खोजिएको छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र अम्बिका शर्माको शब्द रहेको छ ।
निर्देशक ऋषिराज आचार्य निर्देशित प्रेमकथानक फिल्म ‘ड्रिम गर्ल’ मा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् ।
आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । यो फिल्म काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको हो ।
यस फिल्मको सह(निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :-

TIMRO MAYAMA || New Nepali Movie “DREAM GIRL” Song 2018 | Akash Shrestha | Ashma Giri

A Rishi Raj Acharya Film,
New Nepali Movie “DREAM GIRL”.

Song: Timro Mayama
Vocal: Anju Panta, Suresh Lama
Music: Arjun Pokharel
Lyrics: Ambika Sharma

Cast: Akash Shrestha, Wilson Bikram Rai, Ashma Giri, Saroj Khanal, Arjun Shrestha, Laxmi Giri, Nirmal Sharma,Surbir Pandit, Puja Parajuli, Sishir Bhandari, Tulasi Shrestha, Rupa Subedi, Sushil Pokharel, Rashmi Bhatta, Kopila Thapa, Sashank Bohora, Deepak Acharya.
Music: Arjun Pokharel
Action: Samrat Basnet,
Cinematographer: Rahul Rai & Rameshwor Humagain
Choreographer: Gambir Bista
Editor: Nabin Niraula
Poster Designer: Ujjwal Shrestha
Chief AD: Lalit Bista & Maheshwor Acharya
AD: Sandesh Magarati & Rajiv Dhamala
Art: Bijay Acharya & Bijay Rai
Production Designer: Bimala Bhusal & Ritu Acharya
Production Manager: Deepa Aryal Sharma
MUA/Hair: Ashok Roka
Dress Designer: Rabin Pariyar & Utkaista B.B. Khadka
Producers: Arjun Sharma, Rishi Raj Acharya & Rameshwor Dhital
Writer/Director: Rishi Raj Acharya
Digital Partner: Highlights Nepal
Release On Asoj 19, 2075 | October 5, 2018

प्रतिक्रिया