Bisal Chautari Logo

आकाश र पूजाको ‘रामकहानी’को पोष्टर सार्वजनिक

- २८ श्रावण २०७५, सोमबार ०३:५७ मा प्रकाशित


Aakash Shrestha and Pooja Sharma movie RAMKAHANI poster
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण २८, सोमबार । वर्ष ०७५ को निकै प्रतिक्षामा रहेको चलचित्र ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ । यस भन्दा अगाडी सार्वजनिक भएका चलचित्रको गीतसंगीत र ट्रेलरले राम्रो हाइप बनाइसकेको छ ।
भदौ २२ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलर चलचित्रकर्मी र दर्शकलाई सरप्राइज समेत बनाएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रले कमेडी र प्रेमको कथालाई उठान गरेको छ ।
चलचित्रको पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य हा“स्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइलाई पनि चलचित्रको पोष्टरमा देख्न सकिन्छ ।
सवा २ घन्टा लामो यो चलचित्रले दर्शकलाई मनोरञ्जनका साथै सरप्राइज पनि दिने निर्देशक थापा बताउँछन् । चलचित्रको पोष्टरले अझै चलचित्रप्रतिको कौतुहलता बढाएको छ ।

Pooja Sharma & Aakash shrestha Interview

प्रतिक्रिया