Bisal Chautari Logo

‘मिस्टर भर्जिन’को मोफसल टुर यस्तो रह्यो ( फोटो फिचर हेर्नुहोस् )

- २९ श्रावण २०७५, मंगलवार ०५:१७ मा प्रकाशित


mister virgin nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण २९, मंगलबार । गत सोमबारबाट सुरु भएको चलचित्र ‘मिस्टर भर्जिन’को मोफसल टुर सम्पन्न भएको छ । पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक हुँदै चलचित्र टिम काठमाडौं आइपुगेको छ । यस्तै काठमाडौंमा पनि लगनखेल, नयाँ बसपार्क लगायतका क्षेत्रमा मंगलबार साङ्गितिक कार्यक्रम हुने चलचित्र टिमले जनाएको छ ।
टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा सहित अन्य गायक गायिका पनि सहभागी थिए । टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाटका साथमा साङ्गितिक कार्यक्रम पनि गरिएको थियो ।
टुरका दौरान दर्शकहरुसँग नजिक रहेर चलचित्रका बारेमा जान्न पाएकाले पनि खुशी लागेको टुरमा सहभागी कलाकारले बताए ।
वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र ‘मिस्टर भर्जिन’ यही भाद्र १ गतेबाट प्रर्दशनमा आउनेछ ।


प्रतिक्रिया