Bisal Chautari Logo

चलचित्र ‘जात्रै जात्रा’ घोषणा

- २६ आश्विन २०७५, शुक्रबार ०५:०४ मा प्रकाशित


Jatrai Jatra movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, २६ शुक्रबार । २ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को घोषणा गरिएको छ । दशैं तथा तिहारको शुभकामना आदानप्रदान गर्दै प्रदीप भट्टराईले निर्देशन गर्ने चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा औपचारिक निर्माण घोषणा गरिएको हो ।
पहिलो सिरिजकै कलाकारहरुको हालिमुहाली रहने फिल्मको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । कात्तिक १ गतेबाट फ्लोरमा जाने फिल्मको प्रदर्शन मिति फागुन १७ गतेलाई तय गरिएको छ । ‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम श्रेष्ठले खिच्ने फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा पहिलो श्रृंखलाभन्दा फरक रहेको निर्देशक भट्टराईले बताए ।
‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु हुन्छ । तर यसपटक फिल्मका पात्रहरु पैसाको पछाडि मात्र दौडिने छैनन्, उनले भने । महसञ्चारमा लामो समय सहायक निर्देशकको अनुभव सँगालेका प्रदिपले यसअघि ‘जात्रा’ र ’शत्रु गते’ निर्देशन गरिससकेका छन् ।
‘जात्रा’मा श्रीमान–श्रीमतीको भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतले दोस्रो सिरिजमा पनि जोडिन पाउँदा खुसी लागेको बताए । डेढ करोडको लगानीमा निर्माण हुने फिल्मको काठमाडौंको असन, बौद्ध र पोखरामा छायांकन हुनेछ । ३५ दिनमा फिल्मको सुटिङ सक्ने निर्देशकको तयारी छ ।

प्रतिक्रिया