Bisal Chautari Logo

अनमोलको लोभलाग्दो क्रेज || नेपालगन्जमा हजारौँ दर्शकमाझ ‘क्याप्टेन’को प्रचार

- १ फाल्गुन २०७५, बुधबार १६:५८ मा प्रकाशित


anmol kc nepalgunj Fans
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ २९, मंगलबार ।
वर्ष ०७५को सबैभन्दा बढी पर्खाइमा रहेको सुपरस्टार अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को मोफसल प्रचारका लागी नेपालगन्ज पुगेका छन् ।

आगामी फागुन १७ गतेबाट रिलिज हुने सिनेमा ‘क्याप्टेन’को मोफसल प्रचारका लागी सुपरस्टार अनमोल केसी नेपालगन्ज पुगेका हुन् । नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोल सहित क्याप्टेन निर्माण टिम पुगेको थियो । अभिनेता केसीलाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेक्युरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यावस्थाका साथ अनमोललाई मञ्चमा उकालिएको थियो ।

महोत्सवमा अभिनेता केसी आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकको ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो । महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकविच रिलिजको तयारीमा रहेको सिनेमा क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो । दर्शकले अनमोललाई क्याप्टेन कहिले रिलिज हुन्छ ? भनेर सोधेका थिए । उनले सिनेमा फागुन १७ गतेबाट प्रदर्शन हुने बताए । फेरी अनमोलले दर्शकलाई क्याप्टेन कहिले रिलिज हुन्छ रे ? भनेर दर्शकलाई सोधेर उनले हजारौँ दर्शकमाझ सिनेमाको प्रचार पसार गरे ।

यो सँगै दर्शकमाझ उनले क्याप्टेनको हिट गीत ‘रहर छ सँगै’ बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए । भने सिनेमाको ट्रेलरमा समावेश केही डाइलग बोलेर दर्शकलाई सुनाए । पहिलो पटक नेपालगन्ज पुगेका अनमोल दर्शकमाझ अमृत सरह भए । महोत्सवमा उपस्थीत दर्शकले थोरै समय भएपनि अनमोललाई देख्न पाएकोमा खुशी व्यक्त गरे । उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहको प्रस्तुती रहने छ ।

प्रतिक्रिया