Bisal Chautari Logo

अनुप र सन्दिपा टर्कीमा रोमान्टिक बन्दा || ‘कप्स’को गीत रिलिज (भिडियो सहित)

- ९ फाल्गुन २०७५, बिहीबार १७:३० मा प्रकाशित


COPS Movie Song Anoop Bikram Shahi and Sandipa Limbu
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ फाल्गुन ९, बिहिबार ।
अभिनेता अनुपविक्रम शाही स्टार चलचित्र ‘कप्स’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

टर्कीका विभिन्न रमणीय स्थानहरुमा खिचिएको ‘तिमी र म’ बोलको गीतमा अभिनेता अनुपविक्रम शाही र नव–अभिनेत्री सन्दिपा लिम्बु रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
चलचित्रको सार्वजनिक गरिएको गीतमा विजय घिमिरे र नितु घिमिरेको स्वर छ । गीतमा गायक घिमिरेको शब्द तथा संगीत छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा अनुप र सन्दिपाको केमेस्ट्री देख्न सकिन्छ ।
चलचित्र ‘कप्स’मा अभिनेता अनुपले डीएसपी अमन सिंहको भूमिका निभाएका छन् । चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रमा अनुप र सन्दिपाको अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन छ ।
एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । अष्ट महर्जनको द्वन्द्व रहेको छ । चलचित्र चैत ८ गतेबाट पोस्टपोन्ड भएर बैशाख २७ मा प्रदर्शनमा आउन लागेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया