Bisal Chautari Logo

चलचित्र ‘पुरानो बुलेट’ ट्रेलरको डाइलग टिकटकमा भाइरल

- ९ फाल्गुन २०७५, बिहीबार १७:५९ मा प्रकाशित


purano bullet movie dialogues
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ फाल्गुन ९, बिहिबार ।
चैत्र १ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर केही दिन अगाडी मात्र सार्वजनिक भएको थियो । ट्रेलर सार्वजनिक भएपछि अहिले चलचित्र ‘पुरानो बुलेट’को डाइलगहरु भाइरल बनिरहेको छ । विशेष गरी सामाजिक सञ्जाल टिक–टकमा ‘पुरानो बुलेट’को डाइलगहरु भाइरल भएको छ ।

चलचित्रको ट्रेलरमा अभिनेता अनुपविक्रम शाही र अभिनेत्री वर्षा शिवाकोटी बीचको संवाद भाइरल बनेको हो । ‘कति तान्छस् चुरोट..’, ‘तैले त बुढी जत्तिकै दिइस…’ भन्ने संवाद टिकटकमा अहिले भाइरल बनेको हो । यस्तै चलचित्रका कलाकार शिव मुखिया र अनुप विक्रम बीचको संवाद ‘आफूले मन पराउने भन्दा आफूलाई माया गर्ने मान्छे पाउने व्यक्ति भाग्यमानी हुन्छ यो संसारमा’ , ‘संगुरको मासु काचै खा…’ लगायत डाइलग पनि टिकटकमा अपलोड हुन थालेको छ ।

ट्रेलर हेर्नुहोस्

क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको यस चलचित्रमा अनुप र वर्र्षाका अलवा माला लिम्बु, शिव, मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता, लगायतको अभिनय रहेको छ ।
भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो बुलेट’मा कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।

हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन् ।

चलचित्रको प्रिमियर फागुन ११ गते हङकङमा हुँदैछ । केही दिन अगाडीमात्र सार्वजनिक गरिएको ट्रेलरमा पूर्वेली ठेट शब्दहरु दर्शकले रुचाएका छन्, भने समग्र ट्रेलरको पनि चर्चा चुलिएको छ ।

प्रतिक्रिया