Bisal Chautari Logo

‘चि मुसी चि’को शिर्ष गीत रिलिज (भिडियो हेर्नुहोस्)

- २९ जेष्ठ २०७५, मंगलवार १२:५२ मा प्रकाशित


Namrata Sapkota movie CHI MUSI CHI Title Song
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ जेठ २९, मंगलबार । श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र ‘चि मुसी चि’को शिर्ष गीत रिलिज गरिएको छ । मंगलवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो ।
सन्तोष पोखरेलका शब्द र करणराज कार्की संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाले आकर्षक नृत्य गरेका छन् । भिडियोमा प्रमूख कलाकारहरु सुनिल क्षेत्री र अलिशा शर्मा साथै अर्का कलाकार शिवराज शर्मा पनि छन् । गीतको कोरियोग्राफर विक्रम स्वाँर हुन् ।
म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

New Nepali Movie | CHI MUSI CHI | Title Song 2018 Ft. Namrata Sapkota, Sunil Chhetri, Alisha Sharma

भिडियो हेर्नुहोस् :-

CHI MUSI CHI
OST Chi Musi Chi
Singer: Sujata Pandey
Lyrics: Santosh Pokharel
Music: Karan Raj Karki
Choreographer: Vikram Swar
Featuring: Namrata Sapkota
PRBT:70214473 SMART:10117803

Cast: Sunil Chhetri, Alisha Sharma, Sushant Karki, Kamali Waiwa, Sashank Bashyal, Sekhar Subedi, Shivraj Karki
Screenplay/Story/Direction: Dinesh Shrestha

प्रतिक्रिया