Bisal Chautari Logo

साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लण्डनमा’ शिर्ष गीत रिलिज || धिरजले लण्डनको चित्रण गर्दै (भिडियो हेर्नुहोस्)

- २९ श्रावण २०७५, मंगलवार ०६:४६ मा प्रकाशित


intu mintu london ma official song dhiraj magar and samragyee rl shah
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण २८, सोमबार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगर स्टार चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को शिर्ष गीत सार्वजनिक भएको छ । चर्चित कोरियोग्राफर रेनाशा वान्तवा राईको निर्देशित डेब्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ अभिनेत्री साम्राज्ञी र धिरज मगरको प्रमुख भूमिकामा छन् ।
सार्वजनिक गीतको संगीत नविन किश्वर राई र कुमार बस्नेतको चर्चित गीत दन्तैमा बोलको गीतबाट इन्सपायर रहेको छ । गीतमा सुजिल कर्मचार्यको शब्द तथा स्वर सुन्न सकिन्छ । लण्डनमा खिचिएको गीतको भिडियोमा धिरज फिचर्ड छन् । गीतमा चलचित्रको टाइटल लण्डनको चित्रण गरिएको छ ।
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् । हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

गीत हेर्नुहोस् :-

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’ का सह(निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।
शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्यको रहेको छ । यो फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

dhiraj magar & renasha bantawa rai – interview | intu mintu london ma

प्रतिक्रिया