Bisal Chautari Logo

आइडल श्रृङखलाको गुगल ट्रेण्डमा विश्वमै ‘नेपाल आइडल सिजन २’ दोस्रो स्थानमा

- १३ मंसिर २०७५, बिहीबार १०:३२ मा प्रकाशित


nepal idol season 2 google trends 2
विशाल राई
काठमाडौं, २०७५ मंसिर १३, बिहिबार । विश्वका विभिन्न ५० भन्दा बढी देशमा लोकप्रिय बनेको आइडल श्रृङखला ‘नेपाल आइडल’ नेपालमा सार्वाधिक रुचाइएको रियालिटी शो हो । ‘नेपाल आइडल’ सिजन २ सम्म आइपुग्दा नेपालमा मात्रै होइन विश्वमै लोकप्रिय बनिरहेको छ । आइडल श्रृङखलाको गुगल ट्रेण्डमा विश्वमै ‘नेपाल आइडल सिजन २’ दोस्रो स्थानमा आएको छ । पहिलो स्थान भने इन्डोनेसिया रहेको छ ।
नेपालमा सार्वाधिक रुचाइएको ‘नेपाल आइडल सिजन २’ गुगल ट्रेण्डको दोस्रो स्थानमा आउदा स्विडेन तेस्रो, मेनमार चौथो र पाकिस्थान पाचौ स्थानमा रहेको छ । यो उपलब्धिले नेपाली संगीतलाई विश्वभर चिनाइरहेको छ ।

गुगल ट्रेण्ड हेर्नको लागी यहा क्लिक गर्नुहोस् :-

‘नेपाल आइडल सिजन २’मा अहिले ६ प्रतिस्पर्धीहरु अन्तिम प्रतिस्पर्धाको लागी प्रतिस्पर्धा गरिरहेका छन् । यो प्रतियोगीताको निर्णायकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । ‘नेपाल आइडल सिजन २’लाई एलिन श्रेष्ठ, सुरेश पौडेल र लोकेश बज्राचार्यले निर्देशन गरिरहेका छन् ।
नेपालमा सार्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल सिजन २’ आइडलको मापदण्डलाई पुरा गर्दै केही वर्ष अगाडी ‘ए.पी १’ टेलिभिजनले यसको सम्पूर्ण अधिकार लिएको थियो ।

प्रतिक्रिया