Bisal Chautari Logo

ग्लोबल नेपाली फिल्म अवार्डमा विधान सर्वोत्कृष्ट भिडियो निर्देशक

- २४ पुष २०७५, मंगलवार ०३:५५ मा प्रकाशित


global nepali film award Vidhan Karki
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ पौस २४, मंगलबार ।
नेपाल फिल्म सोसाइटि र ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सीको आयोजनामा अमेरिकाको कोलोराडो, डेनभरमा तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ भब्य रुपमा सम्पन्न भएको छ । नेपाली चलचित्र र कला क्षेत्रमा योगदान दिने व्यक्ति हरुलाई सम्मान गर्ने उदेश्य बोकेको ग्लोबल नेपाली फिल्म अवार्डले यस वर्ष पनि विभिन्न चलचित्रकर्मी, र कलाकर्मीलाई सम्मान स्वरुप अवार्ड प्रदान गरेको छ ।

हालै सम्पन्न भएको तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ लामो समय देखि नेपाली मिडिया र फिल्म क्षेत्रमा काम गर्दै आएका निर्देशक विधान कार्कीले कन्ट्रीब्युसन अवार्ड तर्फको उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन् । नेपाली फिल्म, कला क्षेत्र र सांगीतिक क्षेत्रमा योगदान दिएको भन्दै निर्देशक कार्कीलाई अवार्ड प्रदान गरिएको हो । निर्देशक कार्की अमेरिकामा आफ्नो फिल्म मेकिङ्ग अध्ययन पुरा गरि नेपाल फर्किएका हुन् र उनि यति बेला नेप्सिने नामक मिडिया र मनोरंजन कम्पनि संचालन गर्दैछन ।

प्रतिक्रिया