Bisal Chautari Logo

‘दि ब्रेकअप’ टिम पुल्चोक इन्जिनियरिङ कलेज पुग्दा (भिडियो सहित)

- २८ माघ २०७५, सोमबार १०:२७ मा प्रकाशित


The Break Up Nepali Movie poster
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ २८, सोमबार ।
फिल्म ’दि ब्रेकअप’ आउँदो फागुन १७ बाट प्रदर्शनको लागी तयार छ । सार्वजनिक ट्रेलर तथा गीत संगीतले दर्शक तथा शुभचिन्तकहरुबाट लोकप्रियता बढाउँदै जाँदा निर्माण टिम यतिबेला प्रचार प्रसारलाई तिब्रता दिँदैछ । अर्थपुर्ण प्रचारलाई प्राथमिकता दिँदै निर्माण टिम आइतबार सरस्वती पूजा लक्षित कार्यक्रमका पुल्चोक इन्जिनियरिङ कलेज पुग्यो ।

श्री पञ्चमीको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका विधार्थीमाझ ब्रेकअप टिम पुग्यो । लिड अभिनेता आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ र इच्छा कार्की स्टेज चढ्दा उपस्थित हजारौँ क्राउडले हुटिङ र ताली दिएको थियो । त्यसपश्चात नजिकिँदो ’भ्यालेन्टाइन डे’ लक्षित गर्दै सुरुमै आशिरले लभ र ब्रेकअपको कुरा जोडे ।
निर्देशक हेमराज बिसी सहित उपस्थित युनिटले फिल्ममा समावेश ’आज हाम्रो भेट भएको दिन’ बोलको गीतमा नृत्य पनि गर्यो । आशिर र इच्छाले स्टेजमा कम्मर मर्काउँदा दर्शक तथा विधार्थीहरुले साथमा साथ दिएका थिए । त्यसपछि आशिरका क्रेजी फ्यानहरु सेल्फी र अटोग्राफमा रमाए । एक युवती फ्यानले कापी र डायरीको अभावमा आफ्नो साथमा भएको एक हजारको नोटमै अटोग्राफ लिइन् ।

कार्यक्रम पश्चात कुरा गर्दै आशिरले फिल्मको मुख्य कन्टेन्ट नै युवा लक्षित भएको भन्दै कलेज केन्द्रित प्रचारमा जोडिएको बताए । पछिल्लो पुस्ता प्रेमबाट टाढा नरहेको भन्दै आशिरले माया गर्ने जो कोहिको लागी पनि ’दि ब्रेकअप’ मनोरञ्जनको उपयुक्त खुराक बन्ने बताए ।
रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको ’दि ब्रेकअप’मा शिल्पा मास्के, सरोज खनाल लगायत लिड अभिनयमा छन् । फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ । नरेन्द्र मैनालीले छायाँकन गरेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

प्रतिक्रिया