Bisal Chautari Logo

चलचित्र ‘जात्रै जात्रा’को फस्टलुक सार्वजनिक

- ७ बैशाख २०७६, शनिबार १५:५९ मा प्रकाशित


jatrai jatra poster release
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख ७ शनिबार ।
चलचित्र ‘जात्रै जात्रा’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्र रिलिज हुन करिब एक महिना बाँकी रहेको समयमा यसको फस्टलुक सार्वजनिक गरिएको हो । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ ।

चलचित्रको फस्टलुकमा विशेषगरि नायक दयाहाङ राई, विपिन मल्ल, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनले केही हेरेको देखाइएको छ । साथमा नायिका बर्षा राउत, कलाकार राजाराम पौडेल लगायत छक्क परेको देखिन्छ ।
चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै दर्शकमा अझै कौतुहलता बढेको छ । चलचित्रको ट्रेलर वैशाख १३ गते सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ । यो चलचित्र जेठको ३ गतेबाट सार्वजनिक हुँदैछ ।
चलचित्र ‘जात्रा’ले बक्स अफिसमा हिटको व्यापार गरेको कारणले पनि यसको सिक्वेल प्रतिक्षामा छ ।

प्रतिक्रिया