Bisal Chautari Logo

‘मिसेस मंगोल नेपाल’ र ‘मिसेस आर्यन नेपाल २०१९’का प्रतिस्पर्धीको फोटोसुट सम्पन्न

- ३० बैशाख २०७६, सोमबार १८:१७ मा प्रकाशित


mrs mongol nepal and mrs aryan nepal 2019
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख ३० सोमबार ।
एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘मिसेस मंगोल नेपाल २०१९ र ‘मिसेस आर्यन नेपाल २०१९’को फोटोसुट गरिएको छ । ‘मिसेस मंगोल नेपाल २०१९ र ‘मिसेस आर्यन नेपाल २०१९’ को फोटोसुट एकसाथ गरिएको थियो । ‘मिसेस मंगोल नेपालको यो छैटौ संस्करण हो, भने ‘मिसेस आर्यन नेपाल’को दोस्रो संस्करण हो ।

मंगोलियन समुदाय र आर्यन समुदायका विबाहित महिलाहरुको विविध कला संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना भइरहेको ‘मिसेस मंगोल नेपाल २०१९ र ‘मिसेस आर्यन नेपाल २०१९’को लागी पहिलो चरणका लागी छनौट भएका प्रतिस्पर्धीहरुको फोटोसुट काठमाडौमा गरिएको थियो । फोटोसुट अफिसियल मिडिया कोर्डिनेटर तथा फाटोग्राफर विशाल राईले गरेका छन् ।

फोटोसुटका बारेमा बोल्दै आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले फोटोसुटबाट प्रतियोगीहरुले मोड्लिङ फोटोग्राफी सम्वन्धीपनि ज्ञान लिएको बताइन् । साथै एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले यस पटकको प्रतिस्पर्धीहरु निकै ससक्त भएको बताए । एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।

प्रतिक्रिया