Bisal Chautari Logo

दशैंमा ‘ए मेरो हजुर ४’ रिलिज हुने

- ५ फाल्गुन २०७६, सोमबार ०९:४४ मा प्रकाशित


Anmol Kc and Suhana Thapa- A Mero Hajur 4
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ५ सोमवार ।
चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको छायांकन सुरु भएको छैन, तर निर्माणपक्षले एउटा भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । झरना थापाको निर्देशनमा तयार हुने यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । यो चलचित्रलाई आउँदो बर्षको कात्तिक ७ गते रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा नायक अनमोल केसी, सलोन बस्नेत र नायिका सुहाना थापाको मुख्य भूमिका रहनेछ। चलचित्रको छायांकन केही हप्तामा सुरु हुँदैछ । यसपटक, लभ स्टोरी कथालाई नै पर्दामा उतार्न लागेको निर्देशक थापाले जानकारी दिएकी छिन् ।
यो मितिमा यसअघि प्रदिप भट्टराइको निर्देशन तथा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने चलचित्रको पनि प्रदर्शन मिति तय गरिएको छ । यस्तै, चलचित्र ‘छक्का पन्जा ४’को प्रदर्शन मिति पनि यही मितिमा पक्का गरिएको छ । यसरी हेर्दा, आउँदो बर्षको दशैंमा चलचित्र क्षेत्रमा महाभिडन्त हुने देखिएको छ ।

प्रतिक्रिया