Bisal Chautari Logo

नमस्ते व्याण्डको १५ औं ‘महा शिवरात्री विश्वसंगीत महोत्सव २०२०’ पोखरामा हुने || दर्जनौ ब्यान्ड र चर्चित कलाकारको प्रस्तुती

- ७ फाल्गुन २०७६, बुधबार १४:५३ मा प्रकाशित


namaste band ishwor gurung
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ७ बुधवार ।
नमस्ते व्याण्डको ३१ औं वार्षिक उत्सवको उपलक्ष्यमा, १५ औं महा शिवरात्री विश्वसंगीत महोत्सव २०२०को उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट गर्ने भएको छ । नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । आयोजक ‘नमस्ते ब्याण्ड’का गायक इश्वर गुरुङका अनुसार भिजिट नेपाल २०२० को अवसरमा नमस्ते व्याण्ड नेपाल जापानको साथमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय, नेपालका प्रसिद्द व्याण्ड, नेपाली गायक गायिकाहरु सहितको प्रस्तुती रहनेछ ।

सन् १९८८ मा स्थापना भएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिने भएको हो । ‘महा शिवरात्री विश्व संगीत महोत्सव २०२० पोखराको बाराही घाट खेल मैदान लेकसाइडमा हुने कार्यक्रममा जानकारी इश्वरले जानकारी दिए ।

प्रेसमिट कार्यक्रममा बोल्दै इश्वरले भने ‘विदेशी कलाकारलाई नेपाली कलाकारसंग एउटै स्टेजमा पर्फम गराएर दुई पक्षीय सम्बन्ध विकास गराउने उद्देश्य छ । नेपालका नयाँ–पुराना गायक, गायिका तथा स्रष्टाहरुलाई समेत एकबद्ध गराउनु पनि नमस्ते ब्यान्डको लक्ष्य हो’, आयोजकको तर्फबाट गायक इश्वर गुरुङले बताए । यस कार्यक्रममा सबै संगीतका विधालाई समेटेका हुनाले यसलाई महाशिवरात्री विश्व संगीत महोत्सव भनिएको पनि इश्वर गुरुङले बताए ।

महोत्सवमा आयोजक नमस्ते ब्याण्डसंगै पि.जे पिस ज्वाइन्ट ब्यान्ड(अमेरिका) नमस्ते ब्याण्ड (जापान( नेपाल), रोन युनिटि (लियोन स्टार यु.के),बम शिव भिमानी (जापान), हिता ग्रुप (तिब्बत), १९७४ ए.डी, कुटुम्ब ब्याण्ड लगायतका अन्य ब्याण्ड तथा कलाकारले दर्शकलाई झुमाउने भएका छन् ।
त्यस्तै नेपालका ख्याती प्राप्त कलाकार दिप श्रेष्ठ, गंगा बरदान, राजेश पायल राई, उदय–मनिला सोताङ, श्रेया सोताङ, सत्य–स्वरुपराज आचार्य, लगायतको विशेष प्रस्तुति रहने छ । त्यस्तै लोक दोहोरी प्रतिष्ठानका अतिथि कलाकारको पनि बेजोड प्रस्तुती रहनेछ ।

यस कार्यक्रमबाट पुम्दी कोटमा निर्माणधीन ७५ फिट शिव मुर्ती स्थापनाको लागि दुई लाख पच्चिस हजार रुपैया प्रदान गर्ने समेत सम्योजक इश्वरले बताए । साथै कार्यक्रमबाटै कलाकारहरुलाई सम्मान गर्ने निर्णय गरेकोपनि उनले बताए ।
यस कार्यक्रमको लागि सहायक ब्यवस्थापनको जिम्मेवारी एस.टी क्रियसन पोखराले गर्ने छ भने यस महोत्सबको अनुमानित खर्च लागत ४५ लाख पचहत्तर हजार गरिएको छ ।

प्रतिक्रिया