Bisal Chautari Logo

अक्षयकुमारको शुटिङलाई विमानस्थलमा बन्देज

- २३ बैशाख २०७१, मंगलवार १२:४८ मा प्रकाशित


विजय आवाज

२३ बैशाख, काठमाडौं । चलचित्र बसन्तीको छायांकनका लागि नेपाल आएका बलिउडका सुपरस्टार अक्षय कुमार यतिबेला काठमाण्डौमै छन् । काठमाण्डौको ठमेल लगायत केही स्थानका साथै त्रिभुवन विमानस्थलमा सिनेमा छायांकन गर्ने योजनाका साथ बसन्ती यूनिट नेपाल आएको थियो ।

तर, त्रिभुवन विमानस्थलको दुरावस्था चलचित्रमा देखाउन लागिएको खबर अनलाइनखबरले सार्वजनिक गरेपछि विमानस्थल प्रशासनले उक्त सिनेमाको सुटिङमा रोक लगाएको छ ।

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको नराम्रो छ भनी सिनेमामा देखाउन लागिएको खबर अनलाइनखबरले आइतबार सार्वजनिक गरेको थियो । खबर सार्वजनिकसँगै अब विमानस्थलमा सिनेमाको छायांकनमा रोक लगाइएको छ ।

विमानस्थल प्रशासनले सोमबार तत्कालका लागि सिनेमाको छायांकन विमानस्थलमा गर्न नदिने निर्णय गरेको प्रहरी नायव महानिरीक्षक यादव अधिकारीले अनलाइनखबरलाई बताए । पछिल्ला दिनहरुमा प्रक्रिया पुरर्‍याएर आएमा सोच्न सकिने तर तत्कालका लागि त्यहाँ शुटिङ गर्न नदिने निर्णय भएको उनले जानकारी दिए ।

निरज पाण्डेले निर्देशन गरिरहेको यो सिनेमामा नेपालका केही निर्देशकहरुले पनि सहायकको रुपमा काम गरिरहेका छन् । नायक अक्षय कुमार काठमाण्डौको हायात होटलमा बसेका छन् ।

प्रतिक्रिया