Bisal Chautari Logo

पतिले अर्कै नायिका ताकेपछि संकटमा विद्या बालनको घरवार

- २३ बैशाख २०७१, मंगलवार १२:५१ मा प्रकाशित


bidya-with-her-husband

बलिउड नायिका विद्या बालन गर्भवती रहेको खबर त अब नयाँ रहेन । तर अब विद्याको घरवार ठिकसँग नचलिरहेको खबर सार्वजनिक भएको छ । जसका कारण पनि विद्या बालन यतिबेला तनावमा छिन् ।

विद्याका पति सिद्धार्थ रोय कपुरले अर्कै यूवतीसँग निकटता बढाएपछि विद्या तनावमा छिन् । उनले पतिकै कारणले गर्दा हालै मात्र आयोजना भएको ‘आइफा अवार्ड’मा सहभागीता नजनाएको बताइन्छ ।

पति सिद्धार्थ रोयले एक नायिकालाई प्रमोशन गर्नमा आफ्नो ध्यान खर्चिएका छन् । जसका कारण पनि विद्या बालन पतिसँगको सम्बन्ध बचाउन जोडतोडका साथ लागेकी छिन् । अंग्रेजी पत्रिका ‘डेक्कन क्रानिकल’का अनुसार विद्या आफ्नो बिग्रन लागेको घर बचाउन यतिबेला आफ्नो पिताको साहारा मागिरहेकी छिन् ।

विद्या आफ्नो नयाँ सिनेमाको प्रमोशन छोडेर सिद्धार्थ प्रति नजर लगाइरहेकी छिन् । बलिउड बजारमा अहिले यो बिषयले खुबै चर्चा पाएको छ । सिद्धार्थले विद्यासँग तेश्रो बिबाहा गरेका हुन् ।

– See more at: http://www.onlinekhabar.com/2014/05/196289/#sthash.9xs66EtS.dpuf

प्रतिक्रिया