Bisal Chautari Logo

नयाँ किड क्विन भावना

- २३ बैशाख २०७१, मंगलवार १२:५८ मा प्रकाशित


नयाँ किड क्विनमा भावना सेन विजयी भएकी छन् । काठमाडौंको कुलेश्वर निवासी १३ वर्षकी भावनाले १२ औं किड क्विनको उपाधि हात पारेकी हुन् ।

नेप्से फेसन होमले आयोजना गरेको कार्यक्रममा उनले आफ्ना २८ प्रतिस्पर्धीलाई पछि पारेकी थिइन् । उपाधिसँगै भावनाले १० हजार रुपैयाँ नगदसहित विभिन्न उपहार जितेकी थिइन् ।

प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि रामेछापकी १३ वर्षकी समिता तामाङले प्राप्त गरिन् । ‘सेकेन्ड रनरअप’ भने स्वयम्भुकी १३ वर्षकै रिदम थापामगर घोषित भइन् । उनले ‘सोसियल वेलफेयर चिफ’को अवाड पनि प्राप्त गरिन् ।

त्यस्तै प्रतियोगितामा ‘मिस ट्यालेन्ट’को उपाधी सम्पदा उप्रेतीले पाएन, ‘बेस्ट ड्रेस’को उपाधि सुपि्रना पाखि्रनले जितेकी छन् । त्यस्तै ‘मिस एलिगेन्ट’ प्रकृति खरेल बनिन् भने ‘मिस चार्मिङ’ अन्तरा विष्ट बनिन् । मिस फोटोजेनिक को उपाधि भने रानु दासले प्राप्त गरेकी थिइन् ।

किड क्विन प्रतियोगिताको आयोजना गरेको नेप्लिज फेसन होमले बालबालिकाको प्रतिभा प्रस्तुतिका लागि आफूहरुले १२ वर्षदेखि यो प्रतियोगिता सञ्चालन गर्दै आएको बताएको छ । यस प्रतियोगितामा सहभागी भएकाहरु विशिष्ट पदमा पुगेको संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

प्रतिक्रिया