Bisal Chautari Logo

गायिका मेनुका राईलाई ‘चौथो सुन्दरादेवी सन्देश म्यूजिक अर्वाड–२०७५’मा जुरी अर्वाड

- २८ जेष्ठ २०७५, सोमबार ०५:५५ मा प्रकाशित


menuka rai award
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ जेठ २८, सोमबार । चर्चित गायिका मेनुका राईलाई चौथो सुन्दरादेवी सन्देश म्यूजिक अर्वाडामा जुरी अर्वाड प्रदान गरिएको छ । ‘मायाको ओखति’ बोलको पुर्वेली गीतवाट ‘चौथो सुन्दरादेवी सन्देश म्यूजिक अर्वाड–२०७५’ मा जुरी अर्वाड गायिका मेनुकाले पाएकी हुन् ।

मायाको ओखती बोलको गीतमा गायिका राईले नेपालका चर्चित गायक राजेश पायल राईसंग डोएट गीत गाएकी थिइन् । यस गीतमा गीतकार मंगल राई ‘साइला’को शब्द रहेको छ । मंगल राई कि.रा.या. मकाउको महासचिव, एन.आर.एन.मकाउको वरिष्ठ उपाध्ÞयÞक्ष र कि.रा.या. खेलकूद संघ मकाउको अध्यक्ष हुन् ।
नेपाली साङगीतिक क्षेत्रमा गायिका मेनुका राई २०५६ सालदेखी सकृय रहेकी छिन् । गायिका मेनुकाको साङगीतिक यात्रा औपचारिक रुपमा ०५६ सालमा ‘मौरी घुम्छ फुलको बोटैमा’ बोलको गीतबाट भएको थियो ।

bisalchautari tv – add

प्रतिक्रिया