Bisal Chautari Logo

हरिवंशले सार्वजनिक गरे रुपाको गीति एल्बम ‘हिम्मत भाकी छोरी’

- २९ श्रावण २०७५, मंगलवार ०५:०१ मा प्रकाशित


rupa rautar album himmat bhaki chhori
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण २९, मंगलबार । नव गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक गरिएको छ । गत सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार सुरेश सेन्चुरी र समाजसेवी बिकाश घिरैयाले एल्बम एकसाथ विमोचन गरेका हुन् ।
उक्त एल्बममा ६ गीत समावेश गरिएको छ । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् । गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे, रोजिना थापा, डाक्टर कृष्ण हरि बराल, दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको पनि शब्द रहेको छ ।
कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका कलाकार हरिवंश आर्चायले रुपा रौतारकोे स्वरले मन छुने कुरा बताए । उनले भने–‘उहाँको बारेमा बुझेर यहाँ गीत सुन्दा र हेर्दा झनै भावुक भएँ ।’ उनले थप्दै भने ‘गीतमा लेखिएका शब्द र भरिएको स्वरले उहाको जीवन बोल्छ । उँहाको हात त छैन तर त्यसलाई गलाले अगाडी बढाउनेछ जस्तो लाग्छ ।’ त्यसै गरी विकार घिरैया अग्रवाल र सुरेश सेन्चुरीले सधै साथ र सहयोग गर्ने खुलाउदै यस एल्बमको लागि शुभकामना दिएका छन् ।

प्रतिक्रिया