Bisal Chautari Logo

आर्यन र सृष्टि एकअर्कालाई मायाले बाँध्न आग्रह || ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक (भिडियो)

- ३० श्रावण २०७५, बुधबार १३:२५ मा प्रकाशित


Aaryan Adhikari & Shristhi Shrestha movie badha mayale song
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण ३०, बुधबार । अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक भएको छ । असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको काठमाडौमा एक कार्यक्रमको बिच गीत सार्वजनिक गरिएको हो । गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतको एरेञ्ज उदयराज पौडेलले गरेका हुन् ।
सविर श्रेष्ठद्धरा निर्देशित यस चलचित्रको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा शिर्ष कलाकार आर्यन र सृष्टि फिचर्ड छन् । गीतमा समावेश भएको ड्रेस, लोकेशन र दुवैको केमेस्ट्री मिलेको कारण गीत समग्रमा राम्रो बनेको छ ।
चलचित्रलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।

गीत हेर्नुहोस्  :-

प्रतिक्रिया