Bisal Chautari Logo

पुकार बने दोस्रो ‘कभर गीत अनलाइन सिङगिङ कम्पिटिसन–२०१८’को बिजेता

- ४ आश्विन २०७५, बिहीबार २०:५० मा प्रकाशित


online cover singing competition 2018 winner
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, ४ बिहिबार । साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको दोस्रो अभियान ‘एतिहासिक अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७५ सिजन–२’ को बिजेता पुकार थुलुङ राई बनेका छन् । त्यस्तै बिबेक लिम्बु फस्टरनरअप, राधिका खड्का सेकेन्ड रनरअप र सोनी खालिङ राई सान्त्वना भएका छन् ।
पहिलो एपिसोडका लागी करिव ५ सय भन्दा बढी प्रतिस्पर्धीहरुले फारम भरेकोमा १६६ जना छनौट भएकाहरुबाट क्रमश प्रतिस्पर्धाको आधारमा बिजेता गरिएको हो ।

बिजेताले प्रमाणपत्रको साथमा २५ हजार नगद पुरस्कार जितेका छन्, भने साथमा एउटा गीत रेकर्डपनि गराइनेछ । त्यस्तै फस्ट रनरअपले प्रमाणपत्रको साथमा १५ हजार जितेका छन् । फस्ट रनरप र सेकेन्ड रनरअपलाई पनि गीतकार ममता राईको शब्दमा एउटा गीत रेकर्ड गराइनेछ । विष्णु पोल्वाङछा चाम्लिङको शब्दमा सान्त्वना बिजेता र गायक पदम राईको स्वरमा एउटा गीत रेकर्ड गराइनेछ ।

विशाल चौतारी मिडिया प्रा.लीको आयोजनामा भएको ‘दोस्रो अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७५’को निर्णायकहरुमा गायक विक्रम राई, गायक रुकमान लिम्बु, गायक तथा संगीतकार विनोद खम्बु, गायक पदम राई र गायक आशुततोष राई रहेका छन् ।

विशाल चौतारी मिडिया प्रा.लीको आयोजना भएको प्रतियोगिताको प्रायोजकहरुमा साङ्गितिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपका बिष्णु पोल्वाङ्छा चाम्लिङ, पुर्ण खालिङ राई, राज मादिहाङ, मनकुमार साम्पाङ राई, राजेशपल लिङ्दम लिम्बू, बाबू राई, ममता राई, गंगा राई, सञ्जु लिम्बू, यशोदा खालिङ राई, लब्ली सुजु साम्पाङ राई, रोशनी गुरुङ र सुमि लाबुङ लिम्बू रहेका छन् ।

प्रतिक्रिया