Bisal Chautari Logo

‘ए मेरो हजुर ३’ को फस्टलुक रिलिज || अनमोल र सुहानाको जोडी कति जम्यो ? (भिडियो सहित)

- २६ आश्विन २०७५, शुक्रबार १४:१० मा प्रकाशित


a mero hajur 3 poster Anmol Kc And Suhana Thapa
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, २६ शुक्रबार । युवा स्टार अभिनेता अनमोल केसी र नव अभिनेत्री सुहाना थापा स्टार चलचित्र ‘ए मेरो हजुर ३’को फस्ट लुक्स सार्वजनिक गरिएको छ ।
सुनिल कुमार थापाको निमार्ण र अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्म ‘ए मेरो हजुर ३’को फस्ट लुक्समा फिल्म युनिटले अनमोल र सुहानाको पोस्टर सार्वजनिक गरेको हो । चलचित्रमा अनमोल र सुहानाको मुख्य भूमिका रहनेछ ।
नव अभिनेत्री सुहानाले आफनै होम प्रोडक्सनबाट निर्माण हुन लागेको चलचित्रबाट डेब्यु गरेकी हुन् । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । सार्वजनिक २ पोस्टर मध्ये एकमा अनमोलको हातमा गितार छ भने छेउमा सुहाना छिन् । अनमोलको हातमा गितार रहेको हुदाँ यो चलचित्र म्युजिकल लभ स्टोरीमा आधारित बन्ने अनुमान लगाउन सकिन्छ । साथै अर्को पोस्टरमा अनमोल र सुहानालाई लभ्लि मोमोन्टमा देख्न सकिन्छ । अनमोलसंग सुहानाको क्यामेस्ट्री उत्कृष्ट देखिएको छ ।

भिडियो हेर्नुहोस् :-


अफिसियल पोस्टार सार्वजनिक गर्दै अभिनेत्री तथा निर्देशक झरना थापाले फेसबुकमा लेखेकी छिन्, ‘सुहाना इन्टरटेन्टमेन्टको प्रस्तुती चलचित्र (ए मेरो हजुर ३(को शुटीङ आरम्भ भएको छ । अघिल्लो चलचित्रमा जस्तै हजुरहरुको साथ र सहयोगको अपेक्षा राखेका छौ । चलचित्र चैत्र को २९ गते रिलिज गरिनेछ । हिन्दूहरुको महान चाड विजया दशमिको पावन अवसरमा सम्पूर्ण नेपालीजन प्रती हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं’, निर्देशक झरनाले लेखेकी छिन् ।
चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहनेछ । रोशन श्रेष्ठको द्वन्द्व रहेको छ भने सञ्जय लामाको छायांकन रहेको छ ।
चैत २९ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको फस्ट लुक्स सार्वजनिक गरिएको हो । चलचित्रको फस्ट लुक्स सार्वजनिकसँगै फिल्मको छायांकन असोज २६ गते शुक्रबार देखि सुरु भएको छ ।

प्रतिक्रिया