Bisal Chautari Logo

नेपाल आईडलको टप ६ बाट रुँदै रुवाउदै बाहिरिए पवन गिरी

- १५ मंसिर २०७५, शनिबार ०८:११ मा प्रकाशित


pawan giri nepal idol elimination
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ मंसिर १५, शनिबार । नेपाल आर्यडलका चर्चित प्रतिस्पर्धी पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन् । भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका पवन उत्कृष्ट ६ बाट बाहिरिएका हुन् ।
उत्कृष्ठ ६ बाट पवन बाहिरिएसँगै विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक नेपाल आईडलको टप ५ मा उक्लिएका छन् ।
नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि पवनका आँसु वर्षिएका थिए । पवन गिरी आउट हुदा नेपाल आइडलका सबै प्रतिस्पर्धी निर्णायक तथा होस्ट लगायत सबै रोएका थिए । उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।

पवनको आउट हुन भन्दा अगाडीको अन्तर्वार्ता हेर्नुहोस् :-

प्रतिक्रिया