Bisal Chautari Logo

‘समर लभ’को अफिसियल ट्रेलर रिलिज || साया र सुस्मितासँग अतितको बेडसिन हाबी

- २४ पुष २०७५, मंगलवार ०५:१२ मा प्रकाशित


SUMMER LOVE Movie Trailer 2019 Ashish Piya and Rewati Chhetri
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ पौस २४, मंगलबार ।
चर्चित युवा लेखक सुविन भट्टराई द्वारा लिखित बहुचर्चित नोवेल ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

सार्वजनिक ट्रेलरमा साया र सुस्मितासँग अतितको किससिन र बेडसिन हाबी छ । पुस्तकका केही हृदयस्पर्शी र रमाइलो संवादहरुलाई पनि विशेष प्राथमिकतामा राखिएको छ । साया (रेवती क्षेत्री) र अतित (आशिष पिया) बीचको ‘लभ जर्नी’मा ठोकिन पुग्ने सुस्मिता उर्फ नम्रता सापकोटाले पनि ट्रेलरमा पर्याप्य ‘स्क्रिन स्पेस’ पाएकी छन् । चलचित्रमा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् ।
‘नाइँ नभन्नू ल ३’ निर्देशक मुस्कान ढकालले यो चलचित्रलाई निर्देशन गरेका हुन् । घोषणाकै बेलादेखि पात्र छनौटमा चुकेको आरोपबाट मुक्त हुन नसकेको यस चलचित्रबाट रेवती र आशिषले डेब्यु गरेका हुन् । दुबै चलचित्रलाई लिएर आशावादी देखिए । सरोज खनाल, शिशिर भण्डारी, ओम प्रतिक, मानस विक्रम थापा लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक ढकालले बताए । पुस्तक सवार्धिक रुचाइएको कारण फिल्म राम्रो बनाउन हामीलाई ठूलो दबाव थियो । हामीले हाम्रो तर्फबाट गर्न सक्ने सबै प्रयास गरेका छौं’, निर्देशक ढकालले बताए ।
माघ २५ बाट प्रदर्शनमा आउने चलचित्रमा सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । लेखक तिमल्सेनाले पुस्तक पढ्दा पाठकको मन छोएको महत्वपूर्ण पाटोलाई मात्र चलचित्रमा उतारिएको बताए । उनले उक्त चलचित्र सफल भए ’साया’ पुस्तकमा पनि चलचित्र बन्ने जानकारी दिए । चलचित्रको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन् । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । चलचत्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् । चलचित्रको सम्पादन अर्जुन जिसीले गरिरहेका छन् ।
ट्रेलर हेर्नुहोस्

प्रतिक्रिया