Bisal Chautari Logo

‘फिल्म हिट हुँदा पनि मलाई धेरैले चिनेनन्’

- १० चैत्र २०७५, आईतवार १०:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १० आइतबार ।
बलिउडमा पछिल्लो समय चर्चामा रहेका अभिनेता हुन् कात्र्तिक आर्यन ।

सन् २०१३ मा आएको फिल्म प्यारका पञ्चनामाबाट बलिउडको करिअर सुरु गरेका उनले एकपछि अर्को हिट फिल्म दिन सफल भएका छन् ।

उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई बलिउडमा काम पाउन गाह्रो भएन । तर, प्यारका पञ्चनामा फिल्म सफल भए पनि मलाई धेरैले चिन्न सकेनन् । एकपछि अर्को फिल्ममा सफलता हासिल गरेपछि मात्र मेरो चर्चा हुन थालेको थियो ।’ एक दशक बलिउडमा बिताएका उनले भनेका छन्, ‘अब भने मानिसले मलाई चिन्न थालेका छन् । मैले खाजेजस्तो काम पाएको छु ।’

केही हप्ता अगाडि रिलिज भएको उनको फिल्म लुका छिप्पीले बक्स अफिसमा सानदार कमाइ गर्न सफल भएको थियो ।

प्रतिक्रिया