Bisal Chautari Logo

इमरान हाशमी जसले मुसलमान भएकै कारण डेरा पाएनन्

- १० चैत्र २०७५, आईतवार १०:५१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १० आइतबार ।
बलिउडमा इमरान हाशमीको उपस्थिति नै महत्वपूर्ण मानिन्छ । उनको फिल्म प्राय चल्छन् । किनकी ती सबै अलग विषयका फिल्महरु हुन्छन् । उनका अलग दर्शक पनि छन् । इमरान हाशमीको पूरा नाम इमरान अनवर हाशमी हो । २४ मार्चमा इमरानको जन्मदिन पर्छ । उनी आफ्नो निजी जीवनको बारेमा असाध्यै खुलस्त कुरा गर्ने नायक भनेर चर्चामा छन् ।

आज उनको जन्मदिनको अवसरमा उनीबारे केही निजी जीवनका कुराहरु शेयर गर्दैछौं–

इमरान हाशमी २००१ सालमा ‘जिन्दगी का सफर’ नामक फिल्मबाट बलिउडमा डेब्यू गरे । तर, बीचमै निर्माताले उनलाई फिल्मबाट निकालिदिए । त्यसपछि उनले २००३ मा आएर फिल्म ‘फुटपाथ’ बाट पुनः बलिउडमा डेब्यू गरे ।

इमरानले २००२ मा ‘राज’ फिल्मको सेटमा सहायक निर्देशकको रुपमा काम गरेका थिए । त्यसपछि उनले ‘मर्डर’, ‘जहर’, ‘आशिक बनाया आपने’, ‘ग्याङस्टार’ र पुनः २००७ मा ‘आवारापन’
जस्ता फिल्ममा काम गरे ।

उक्त चलचित्रले समर्थकहरुमाथि यस्तो जादू भयो कि इमरानको चर्चा सन् २०१० सम्म चलिरह्यो । त्यतिबेला युवाहरुबीच उनी एकदम चर्चित भए ।

उनको प्रशंशहरु यति धेरै बढे कि उनको तस्बिरमाथि केटाहरुले फिल्मको डायलग लेख्न थाले । उनको गीत सुनेर केटाहरु युवतीलाई प्रेम प्रस्ताव राख्न थाले ।

इमरान आफ्नो करिअरमा खासै विवादमा त फसेनन् । तर २००९ मा उनले पत्रकार सम्मेलन गरेर आफू मुसलमान भएको कारण मुम्बईमा हाउसिङ सोसाइटीले घर दिन नमानेको कुरा सार्वजनिक गरे ।

करण जौहरको शो ‘कफी विथ करण’ के ¥यापिड फायरको क्रममा जब इमरान हाशमीलाई प्रश्न गरियो । उनले उत्तरमा आफूले ऐश्वर्यालाई प्लाष्टिक अर्थात् नक्कली भनेका थिए । त्यसपछि ऐश्वर्याले कहिल्यै पनि इमरानसँग काम गर्ने प्रतिज्ञा गरेकी थिइन् । ‘बादशाह’मा जब ऐश्वर्यालाई प्रस्ताव गरियो, तब उनले इमरान भएकै कारण आफूले उक्त चलचित्रमा काम नगर्ने बताइन् ।

प्रतिक्रिया