Bisal Chautari Logo

चलचित्र ‘आप्पा’को गीत सार्वजनिक (भिडियो सहित)

- २९ बैशाख २०७६, आईतवार १५:२९ मा प्रकाशित


appa dayahang rai movie song
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख २९ आइतबार ।
चर्चित अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को नयाँ गीत सार्वजनिक भएको छ । फिल्म ‘आप्पा’को ओएसटी गीत ‘अमला’ सार्वजनिक गरिएको छ । गीत रिलिजसँगै यो सिनेमाको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यसअघि जेष्ठ २४ गते रिलिज हुने भनिएको ‘आप्पा’ अब असार १३ गतेबाट रिलिज हुनेछ ।

फिल्मको सार्वजनिक गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ । गीतको भिडियोलाई रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् भने किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका छन् रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय फिल्म हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
फिल्म ‘आप्पा’ मा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ ।

प्रतिक्रिया