Bisal Chautari Logo

चलचित्र ‘दि कर्मा’को गीत सार्वजनिक (भिडियो सहित)

- १० माघ २०७६, शुक्रबार १२:१९ मा प्रकाशित


Sana Sana Sapana || Ketan Chhetri || THE KARMA Movie Song
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ ७ मंगलवार ।
चलचित्र ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा केतन क्षेत्रीको स्वर रहेको छ गीतमा जय राज राय र संगीता नापित फिर्चड छन् ।

मानस विक्रम थापाको शब्द रहेको गीतमा मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको छ । प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । देव कुमार श्रेष्ठले निर्देशन गरेको फिल्ममा जय र संगीतासँगै परमिता आर. एल. राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । यो चलचित्र माघ १७ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया