Bisal Chautari Logo

कोरोना संक्रमणबाट बच्न|| ‘ए मेरो हजुर ४’ को छायाङ्कन रोकियो

- ७ चैत्र २०७६, शुक्रबार ०९:४४ मा प्रकाशित


A mero hajur 4 anmol and suhana
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ चैत्र ७ शुक्रबार ।
निर्माणाधीन चलचित्र ‘ए मेरो हजुर ४’ को छायाङ्कन रोकिएको छ । केही हप्तादेखि काठमाडौँ बाहिर छायाङ्कन भइरहेको चलचित्र निर्माण पक्षले कोरोना भाइरसको प्रभावका कारण केही दिनका छायाङ्कन स्थगन गर्ने निर्णय गरेको हो ।

अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र झरना थापाले निर्देशन गरिरहेकी छिन् । अर्को वर्षको दसैँको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रकी निर्देशन झरनाले मानव जातीलाई चुनौती बनेको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ख्याल राख्दै छायाङ्कन रोकिएको बताएकी छिन् । बुधवार सरकारले सिनेमा हल बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि ‘ए मेरो हजुर ४’ को छायाङ्कन रोकिएको हो । किनकि, फिल्मको सुटिङमा ४० जनाभन्दा बढी व्यक्ति खटिएका थिए । छायाङ्कन रोकिदा प्राविधिकहरूमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेकी छिन् । चलचित्रको निर्माण टिमले चाडै नै छायाङ्कनमा फर्किने विश्वास व्यक्त गरेको छ । यस चलचित्रको छायाङ्कन नेपालसँगै युरोप र ओमानमा पनि हुने बताइएको छ ।

प्रतिक्रिया