Bisal Chautari Logo

आयुष्मान र शिल्पाको चलचित्र ‘सानो मन’ ट्रेलर रिलिज (भिडियो सहित)

- २ असार २०७६, सोमबार १२:१६ मा प्रकाशित


Sano Mann movie Trailer
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असाढ २ सोमबार ।
असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले आइतबार प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक र्गयो । ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढाव देखाइएको छ ।

सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस फिल्मको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास गर्न सकिन्छ । कमर्शियल शैलीको मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साइज र साउन्ड डिजाइनका हिसाबबाट हेर्दा फिल्मको ट्रेलर उत्कृष्ट बनेको छ । ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ ।
गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।

फिल्मको एक गीत थाईल्यान्डको पतायाको समुन्द्री किनारमा खिचिएको छ । काठमाडौं, भैरहवालगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । फिल्मलाई लिएर आयुष्मान र शिल्पा निकै उत्साहित छन् । फिल्मका प्रोडक्सन डिजाइनर यम ओली हुन ।

ट्रेलर हेर्नुहोस् :

प्रतिक्रिया