Bisal Chautari Logo

अमेरिकन आइडलको उपविजेता बने दिवेश || जस्ट साम बनिन् विजेता

- ५ जेष्ठ २०७७, सोमबार ०५:०६ मा प्रकाशित


Arthur Gunn American Idol runner up
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ जेठ ५ सोमबार ।
नेपाली युवा गायक दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । उपाधि जित्न चुकेका दिवेशलाई पछि पार्दै जस्ट साम अमेरिकन आइडल बनिन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका थिए ।

प्रतिक्रिया