Bisal Chautari Logo

आर्यन र साम्राज्ञी सुख, दुखमा संगै बाच्ने बाचा गर्दै || ‘कायरा’ गीत रिलिज (भिडियो हेर्नुहोस्)

- २९ असार २०७५, शुक्रबार ०४:२४ मा प्रकाशित


Aryan Sigdel and Samragyee RL Shah movie KAIRA
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ २९, शुक्रबार । चर्चित अभिनेता आर्यन सिग्देल र पछिल्लो समयकी ब्यास्त अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर बहुप्रतिक्षीत फिल्म ‘कायरा’ को पहिलो गीत सार्वजनिक भएको छ ।
‘सुखमा’ बोलको रोमान्टिक गीत फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको हो । गीतमा आर्यन, साम्राज्ञीलाई आफ्नो सुख, दुखको साथी बन्न अनुरोध गरिरहेका छन् । भिडियोमा यी दुईको जोडी कमालको देखिएको छ । पहिलो पटक यो कपलले सँगै काम गरेका हुन् ।
सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतको लोकेशन र खिचाई उत्कृष्ट छ ।
’कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह–निर्मातामा छन् । फिल्मको प्रदर्शन मिति साउन १८ गतेलाई तय गरिएको छ ।

गीत हेर्नुहोस् :–

प्रतिक्रिया