Bisal Chautari Logo

अनुप, वर्षा र प्रशान्तको जय शम्भु टिम मोफसल प्रचार पछि काठमाडौंमा

- २८ श्रावण २०७५, सोमबार १५:१३ मा प्रकाशित


jaya shambhu movie anoop bikram shahi & Barsha Siwakoti
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण २८, सोमबार । फिल्म जय शम्भु टिम यतिबेला फिल्मको प्रचार प्रसार सकाएर काठमाडौं फर्किएका छन् । फिल्म युनिटले पोखरा, बुटवल र चितवनमा गई त्यहाँका दर्जन भन्दा बढी होटल तथा लन्जहरुमा फिल्मको बारेमा जानकारी गराए । यस्तै पत्रकार भेटघाट गरी फिल्मको वारेमा थप जानकारी दिई फिल्मका टिम यतिबेला काठमाडौं फर्किएका छन् ।

एक्शन लभस्टोरी भनिएको फिल्मका वारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, वर्षा शिवाकोटी लगायत उपस्थित भएका थिए । रिलिज मिती नजिकिँदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई तीव्र पारेका हुन् । देश व्यापी प्रचार प्रसारमा देखिएका फिल्मका टिमले प्रचारको लागि नयाँ शैली अपनाएका हुन् । जय शम्भु भाद्र १ बाट रिलिजसँगै एक्शन लभस्टोरी मन पराउने दर्शकको आशा पुरा हुने बताईएको छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदको मूख्य भुमिका रहेको छ ।

प्रतिक्रिया