Bisal Chautari Logo

जाङमुलाई मिस मंगोल नेपालको ताज

- १ आश्विन २०७५, सोमबार ०७:२० मा प्रकाशित


miss mongol nepal 2018 winner jangmu sherpa
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, १ सोमबार । पुर्वी नेपालको हिमाली जिल्ला संखुवासभाकी जाङमु शेर्पाले मिस मंगोल नेपाल २०१८ को उपाधि जितेकी छन् । प्रतियोगितामा गोर्खाकी प्रीति गुरुङ र सोलुखुम्बुकी पुनम शेर्पा क्रमश फस्ट र सेकेन्ड रनरअप घोसित भए । मिस लिडरसिपसहित शिर्ष उपाधि चुमेकी जाङमु, फस्ट रनरअप प्रीति र सेकेन्ड रनरअप पुनमले थाइल्याण्डका लागि पाँच दिने प्याकेज टुरको अवसर प्राएका छन् ।
एक्सन इन्टरटेनमेन्टद्धारा राजधानीमा आयोजित मिस मंगोल नेपालको यो दसौं संस्करण हो । शेर्पा समुदायका प्रतियोगीले मिस मंगोल नेपालको उपाधि जितेको यो पहिलो पटक हो । प्रतियोगितामा ललितपुरकी अस्मिता बज्राचार्य मिस ट्यालेन्ट, सुनसरीकी समिक्षा राई मिस पब्लिक च्वाइस, काठमाडौंकी इरोसा थापामगर मिस बेस्ट हेयर, बुटवलकी सुमी थापा मिस पर्सनालिटी र नुवाकोटकी रक्षा थिङ मिस फोटोजेनिक घोसित भए ।
प्रतियोगितामा आइडियल इङलिस हाइस्कुलका निर्देशक पुर्ण लामा, चलचित्र निर्देशक उदय सुब्बा, संगीतकार शान्तिराम राई, व्यावसायी फुपुतेन्जिङ सेर्पा, पूर्वमिस मंगोल डा. एनिस्ता गुरुङ, गायिका मेनुका राई र शिक्षासेवी शिवहरी अधिकारी निर्णायकमण्डलमा थिए । रीता राई दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा संगीतकार टिका बोम्जन, हास्यकलाकार राजेन्द्र गिरी, नृत्यांगना रिद्धिमा राईले आआफ्नो रोमाञ्चक प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया