Bisal Chautari Logo

‘अर्जुन रेड्डी’को नेपाली रिमेक बिशाल सापकोटाले निर्देशन गर्दै, जि २१ फिल्म्ससँग सहकार्य

- १२ माघ २०७६, आईतवार ०८:५८ मा प्रकाशित


Arjun Reddy Nepali Version.
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ ७ मंगलवार ।
तेलुगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने खबरले चलचित्र बजारमा एक खालको तरङ्ग फैलिएको छ ।

चलचित्रको मुख्य पात्रका लागी विभिन्न कलाकारहरूको नाम मिडियामा आइरहेको छ । तर यसबारे कुनै पुष्ट खबर भने आएको छैन । यता कलाकारको चर्चा भईरहदा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ ।
’अर्जुन रेड्डी’को नेपाली रिमेकलाई निर्देशन गर्ने छन् विशाल सापकोटाले । सापकोटा निर्दे्शित चलचित्र ’सेल्फी किङ’ प्रदर्शनको सँघारमा रहेको छ । यसका साथै चलचित्र निर्माणमा ’युवा फिल्म्स’सँग ’जी २१ फिल्म्स’ले पनि सहकार्य गर्ने भएको छ । ’जी २१ फिल्म्स’ जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको ’युवा फिल्म्स’का केशव खड्का र आशिष श्रेष्ठले जानकारी गराए । यस अघि ’जी २१ फिल्म्स’ले निर्माण गरेको चलचित्र ’दुई रुपैयाँ’ निकै सफल भएको थियो । यता ’जि २१ फिल्म्स’को तर्फबाट आसिफ शाहले ’अर्जुन रेड्डी’को नेपाली रिमेक बन्नु नेपाली चलचित्रको लागी नै एउटा नयाँ प्रयोग भएकोले पनि आफुहरु चलचित्र निर्माणमा सहभागी भएको बताए ।
चलचित्रको लागी यति बेलासम्म निर्देशक मात्र फाइनल गरिएको छ । मुख्य कलाकार लगायत अन्य कलाकार अडिसनबाट छानिने युवा फिल्म्सले जनाएको छ ।

प्रतिक्रिया