Bisal Chautari Logo

चलचित्र ‘साङ्लो’को गीत सार्वजनिक|| निकिता र विराजको दमदार प्रस्तुति (भिडियो सहित)

- १२ माघ २०७६, आईतवार १०:३६ मा प्रकाशित


Jhyammai Aakha Jhyammai – Sanglo Movie Song
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ ७ मंगलवार ।
एक्सनस्टार विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक भएको छ । निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको गीतमा अभिनेता विराज भट्ट र निकिता चण्डक फिचर्ड छन् ।

निशान भट्टराईको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । लामो समयपछि नेपाली चलचित्रमा कमब्याक गरेका विराजलाई दर्शकले निकै साथ दिइरहेका छन् । यसै चलचित्रबाट पूर्व मिस नेपाल निकिता चण्डक डेब्यु गर्दै्छिन् ।
यो चलचित्र अभिनेता विराज भट्टले नै निर्देशन गरेका हुन् । चलचित्रमा विराज र निकितासँगै प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको अभिनय रहेको छ ।
विराज भट्ट फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा तेज बहादुर खड्काको पनि लगानी छ । शिवम् अधिकारीको पटकथा र संवाद रहेको चलचित्रमा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ । मानकृष्ण महर्जनले खिचेका चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो चलचित्र माघ २४ गते देखि प्रर्दशन हुँदैछ । गीत हेर्नुहोस्:

प्रतिक्रिया