Bisal Chautari Logo

मलाइकाका छोरा ‘दबंग ३’ मा, हटाइयो आमालाई

- १ फाल्गुन २०७५, बुधबार ०९:२६ मा प्रकाशित


विशाल चौतारी समाचार

काठमाडौं, २०७५ फाल्गुन १, बुधबार । बलिउड अभिनेता अरबाज खान र मलाइका अरोराका छोरा अरहान खानले बलिउड प्रवेश गर्ने भएका छन् । १६ वर्षका अरहानले अभिनय नभइ निर्देशनबाट बलिउड प्रवेश गर्न लागेका हुन् । अरहानले फिल्म ‘दबंग ३’ मा निर्देशक प्रभुदेवाको सहायकको रुपमा बलिउड प्रवेश गर्न लागेका हुन् । उनको यो सफलतामा अरबाज र मलाइका दुवैले खुसी व्यक्त गरेका छन् ।

दबंग ३ को सुटिङ आगामी अप्रिलमा सुरु हुँदैछ । दबंगका सुरुका दुई फिल्ममा जस्तै तेस्रो सिक्वेलमा पनि सलमान खानको अपोजिट रोलमा सोनाक्षी सिन्हा नै हुनेछिन् । फिल्मका सुरुका २ भागमा आइटम डान्स गरेकी मलाइका अरोरालाई भने फिल्मको तेस्रो सिक्वेलबाट हटाइएको छ । उनको ठाउँमा दबंगको दोस्रो सिक्वेलमा आइटम डान्स गरेकी करिना कपुरलाई ल्याइने चर्चा छ ।

प्रतिक्रिया