Bisal Chautari Logo

खोटाङको स्थानीय तहमा खानेपानी संचित गर्न मिटर जडान

- १ असार २०७६, आईतवार १६:३६ मा प्रकाशित


khotang news
विशाल चौतारी समाचार
खोटाङ, २०७६ जेठ १ आइतबार ।
खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको एकवटा स्थानीय तहमा खानेपानी संचित गर्नलाई खानेपानीको धारामा मिटर जडान गरिएको छ । आज आइतबार दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खामा संचालित ढाल्नेफेद टुकुरे खोला खानेपानी योजनाको उद्ध्घाटन दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष भुपेन्द्र राईले गरेका छन् ।

खानेपानीको मुहानहरु निश्चित हुनु र भएका मुहानहरु पनि सुक्ने स्थितीमा पुगेकाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाकोे याम्खामा पहिलोपटक धारामा मिटर जडान गरिएको हो । स्थानीय तह आएसँगै यो काम जिल्लामा पहिलो भएको छ ।

ढाल्नेफेद टुकुरे खोला खानेपानी योजनाको उद्ध्घाटन समारोहमा बोल्दै अध्यक्ष भुपेन्द्र राईले पानीको मुहानहरु निश्चित हुनु, खडेरीले मुल सुक्दै जानु, मुहानहरु नपाउनुजस्ता कारणले गर्दा पनि मिटर सिस्टम लागू गरिएको बताए । खानेपानी उपभोग गरे वापत न्युनतम शुल्क कती तिर्ने भन्ने उपभोक्ताहरुसँग बसेर तोकिने बताए । थप्दै अध्यक्ष राईले भने ‘मिटरबाट पानी वितरण गरिने सिस्टम लागू भएपछि उपभोक्ताले आवश्यकता अनुसार पानी चलाउने र अन्य समयमा जस्तो पानीको काम नहुंदा पनि पानी छोडीरहने समस्या टर्नेछ ।’ सञ्चालन भईरहेको योजनालाई थप सुधार गरेर लगिने पनि बताए ।

उपभोक्ताहरुले व्यक्तिगत रुपमा खरीद गरेर मिटर जडान गरिएको हो । जसका लागि खानेपानीको ट्याङकीबाट धारामा जडान गरिएको मिटरसम्म पुग्ने पाईप भने गाउँपालिकाले खरिद गरेको हो । आर्थिक वर्ष २०७४र७५ मा २० लाख र आव २०७५र७६ मा १२ लाख ५० हजार गाउँपालिकाको आर्थिक सहयोग तथा ७ लाख ७८ हजार ४६८ रुपैयाँ जनश्रमदानमा याम्खाको रातमाटामा निर्माण गरिएको ७० हजार लिटर क्षमता भएको पानीट्याङकी आइतबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका छन् । ट्याङकी ढाल्नेफेद टुकुरेखोला खानेपानी आयोजनाले निर्माण गरेको हो । पानीट्याङकी उदघाटनसँगै पहिलो चरणमा मिटर जडान गरिएका ४२ घरधुरीमा खानेपानी पानी पुगेको छ ।

याम्खाका ८४ घरधुरी लाभान्वित हुनेगरी सुरु गरिएको आयोजनाबाट पहिलो चरणमा ४२ घरधुरीमा मिटर जडान गरिएको, १५ घरधुरीको मिटर आए पनि त्यसको सबै सामान नआएकाले जडान कार्य अगाडी नबढेको आयोजनाका अध्यक्ष बलजित राईले बताए । मिटरका सामान आएमा भोली पर्सी नै जडान गरिने र अन्य वाँकी घरधुरीमा पनि मिटर आउनासाथ जडान गरिनेछ । मिटर जडान गरिएसँगै उपभोक्ताहरुले न्युनतम शुल्क बुझाउनुपर्ने छ । अध्यक्ष राईले भने, ‘गरिब र निमुखाले पानी खान पाउन भन्ने हो तर, व्यापार हैन । खानेपानी आयोजनाको रेखदेख गर्ने कर्मचारी पाल्नका लागि मात्रै न्यनतम शुल्क निर्धारण गरेका हौ ।’

प्रतिक्रिया