Bisal Chautari Logo

चलचित्र ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक || सुशीलको प्रेममा रुबिना (भिडियो सहित)

- ७ माघ २०७६, मंगलवार १५:३५ मा प्रकाशित


LOVE DIARIES-NEPALI MOVIE TRAILER-SUSHIL SHRESTHA, RUBEENA THAPA
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ ७ मंगलवार ।
फागुन २ प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसर पारेर रिलिज हुने चलचित्र ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ ।

सौरभ चौधरीले निर्देशन गरेको चलचित्रमा सुशील र रुविनासँगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा मधु बास्तोलाले तयार पारेका छन् ।
संजय लामाले खिचेको चलचित्र कलरफुल छ । ट्रेलर र गीतमा छायांकन पक्ष बलियो देखिएको छ ।
रुबिना र विश्वजितले यहि चलचित्र मार्फत अभिनयमा डेब्यु गरेका छन् ।
शाहील खान सह-निर्देशक रहेको चलचित्रमा मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन र अर्जुन पोखरेलले संगीत भरेका छन् । भने, यो चलचित्र विनोद सापकोटाकोे निर्माण रहेको छ

प्रतिक्रिया