Bisal Chautari Logo

‘पुरानो बुलेट’को अफिसियल ट्रेलर रिलिज (भिडियो सहित)

- ५ फाल्गुन २०७५, आईतवार १२:३६ मा प्रकाशित


PURANO BULLET Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ फाल्गुन ५, आइतबार ।
क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘पुरानो बुलेट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।

चैत १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘पुरानो बुलेट’को ट्रेलरमा पुर्वका एक युवक प्रताप (अनुप विक्रम शाही)को जिवनमा आउने अनेकौ उतरचढावमा आधारित छ । चलचित्रको ट्रेलरमा एक्सन, प्रेम, रोमान्स, रोदन र कमेडी समग्र रुपमा समेटिएको छ । यसका साथै ट्रेलरमा अनुपको बाइक स्टन्टपनि देख्न सकिन्छ । ट्रेलरमा अनुप र वर्षालाई ’बुलेट राजा’, ’बुलेट रानी’को रुपमा परिचय गराइएको छ ।

अफिसियल ट्रेलर हेर्नुहोस्

पत्रकारीतामा लामो समयदेखी काम गरिरहेका भिषण राईको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा प्रयोग गरिएका संवाद्ध र ठेट पुर्वेलि शब्दहरु दर्शकलाई नौलो लाग्न सक्छ । समग्र ट्रेलर हेर्दा नव–निर्देशक भिषणको काम तारिफयोग्य रहेको छ ।
यस चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।
हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन् ।

प्रतिक्रिया